पर्साबाट डेढ लाख क्याप्सुल लागुऔषध बरामद
आइतबार, ०७ पुस २०८१, १२ : ४१

काठमाडौँ । पर्साबाट सशस्त्र प्रहरीले डेढ लाख क्याप्सुल लागुऔषध बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–३ स्थित प्रगतिगरमा सञ्चालित किराना पसलबाट लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरीका डीएसपी सुरज रिजाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले राजाराम महतो कोइरीले सञ्चालन गरेको सृष्टि किराना जनरल स्टोरबाट ट्रमाडोल हाइड्रोक्लोराईड बरामद गरेको हो ।
५ वटा कार्टुनमा भण्डारण गरेर राखेको अवस्थामा १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल बरामद गरिएको डिएसपी थापाले जानकारी दिए । सशस्त्रले राजाराम महतोलाई पनि पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु