एनपीएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई खुवाइयो खाना
आइतबार, ०७ पुस २०८१, १२ : ३१

जनकपुर । जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई नि:शुल्क खाना खुवाएका छन् ।
शनिवार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो ।
जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधि जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । उनले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए ।
कमिटीले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आइतबार साधुसन्तहरुलाई भण्डारा खुवाएको उनले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जासुसी ड्रोन खसालेको पाकिस्तानको दाबी
-
डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा
-
विद्युत कटौती पछि स्पेन र पोर्चुगलको अवस्था कस्तो छ?
-
स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः मन्त्री पौडेल
-
विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा
-
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ