भारत–पाकिस्तान भिडन्त फेब्रुअरी २३ मा

काठमाडौँ । दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको विवादका कारण निकट भविष्यमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको खेल तालिकामा समेत प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालसम्म खेल तालिका सार्वजनिक गर्न सकेको छैन ।
आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखम्म पाकिस्तानमा आयोजना हुने तय भएको छ । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले च्याम्पियन्स ट्रफी खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि विवाद सुरु भएको थियो ।
आईसीसीका लागि पनि यो विवाद अहिले ठुलै टाउको दुःखाईको विषय बनेको छ । भारतले आफ्नो भूमिमा च्याम्पियन्स ट्रफी नखेले आफूले पनि भारतीय भूमिमा कुनै पनि प्रतियोगिता नखेल्ने अडान पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि कायम राखेको छ ।
आईसीसीले च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक नगरे पनि तयार अवस्थामा रहेको समाचारमा जनाइएको छ । आईसीसीले तयार पारेको सोही खेल तालिकालाई अहिले सञ्चारमाध्यमले बाहिर ल्याएका छन् ।
उक्त खेल तालिका अनुसार, आगामी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबिचको खेल फेब्रुअरी २३ तारिखमा खेलाइने छ । भारत र पाकिस्तानबिचको भिडन्त ‘न्यूट्रल भेन्यू’ मा खेलाइने छ । च्याम्पियन्स ट्रफीको उद्घाटन खेल भने आयोजक पाकिस्तान र न्युजिल्यान्डबिच खेलिनेछ ।
भारतीय टोलीले फेब्रुअरी २० तारिखमा बङ्गलादेशसँग, फेब्रुअरी २३ तारिखमा पाकिस्तानसँग र मार्च २ तारिखमा न्युजिल्यान्डसँग समूहगत चरणको खेल खेल्नेछ । भारतले आफ्नो सम्पूर्ण खेल सम्भवतः ‘न्यूट्रल भेन्यू’ का रुपमा दुबईमा खेल्नेछ । आयोजक राष्ट्र पाकिस्तानले भने फेब्रुअरी २७ तारिखमा बङ्गलादेशसँग भिडन्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?