अनिता कोइरालाको ‘उज्यालो औँसी’माथि चकटी बहस

काठमाडौँ । आख्यानकार तथा पछिल्लो समयकी सक्रिय समीक्षक अनिता कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’माथि विमर्श भएको छ । शुक्रबार मार्टिन चौतारीमा डा. गिता त्रिपाठीले कोइरालाको उपन्यासको चर्चा गरेकी थिइन् ।
पठन संस्कृतिको विकासका लागि विविध काम गर्दै आएको बुकाहोलिक्सले मासिक रूपमा चकटी बहसमा एउटा कृतिमाथि अन्तरक्रिया गर्दै आएको छ । यसै क्रममा कोइरालाको उपन्यास उज्यालो औँसीमाथि त्रिपाठीले समीक्षात्मक टिप्पणी गरिन् ।
संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासमा उपन्यासकारले अनुभूतिको करुणामय अवस्था चित्रण गरेको समालोचक त्रिपाठीले बताइन् ।
उपन्यासमा उल्लेख गरिएका कतिपय प्रसंगले आफूलाई पनि पूर्वस्मृतिमा पुर्याएको उनको भनाइ थियो । त्रिपाठीले कृतिमाथि टिप्पणी गर्दै त्यसभित्रका केही कमी कमजोरीहरू पनि केलाइन् । उपन्यासमा चरित्रांकनमा त्रुटी भएको र नाटकीयता बढी भएकोतर्फ पनि उनले औंल्याइन् ।
उपन्यासकार कोइरालाले पनि कार्यक्रममा आफ्नो लेखकीय धारणा राखेकी थिइन् । विमर्शमा राधिका कल्पित, अनिता पन्थी, भगवति खतिवडा, राजकुमार बानियाँलगायतले आफ्नो पाठकीय टिप्पणी राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितुवाको आक्रमणबाट ४ जना घाइते
-
कांग्रेसका मधेस महामन्त्री प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्त
-
ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न उर्जा मन्त्रालयद्वारा चार सदस्यीय समिति गठन
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’
-
सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरिँदै