पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

चितवन । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै अनुसन्धानका क्रममा पाटेबाघको रौँ भएको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको हो ।
न्यौपानेको मोबाइलबाट कल डिटेल निकाल्ने क्रममा पासोमा परेको बाघको तस्बिरसमेत प्राप्त भएको पन्तले जानकारी दिए । पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा ५ (घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको उनले बताए ।
बाघलाई पासो थाप्न जाने क्रममा गत कात्तिक २ मा स्थानीय ६२ वर्षीय जीतबहादुर थिङलाई बाघले आक्रमण गरी मारेको थियो । थिङको मृत्यु पश्चात पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको थियो । सोही प्रकरणमा न्यौपानेलाई गत कात्तिक २९ गते नै पक्राउ गरी अनुसन्धान थालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?
-
नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी
-
अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना
-
गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
-
कर वृद्धिमा कुनै पनि देशलाई छोडिन्न् : अमेरिकी राष्ट्रपति
-
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा