दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ

काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएका हुन् । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्छन् ।
कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–४ घर भएका कुलध्वज लामा, भुम्लु गाउँपालिका घर भएका सुजन लामा र सुलभ पहारी सहित ८ जना छन् ।
गुण्डा नाइके दावा लामा समूहमा आबद्ध कुलध्व कांग्रेसको भातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्य हुन् । उनी यसअघि पनि प्लाटिनम क्लवमा झगडा गरेर ५ लाख धरौटीमा छुटेका थिए । सुजन लामा तरुण दल काभ्रेका अध्यक्ष र सुलभ तरुण दलको भुम्लु इकाई समितिको अध्यक्ष हुन् ।
पक्राउ पर्नेमा काभ्रेली समूहकै मिलन लामा, युवराल लामा, सिन्धुपाल्चोक घर भएका दावा लामा, मोरङ घर भएका डम्बर कार्मी र काभ्रेका शक्ति लामा छन् । आरोपीहरूले झगडा गरेको रेस्टुरेन्ट सञ्जीव लामा ‘स्याल’ले सञ्चालन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन