आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार, ०७ पुस २०८१, ०९ : १२

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन कर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
-
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
-
जब कैँची बोकेर मलाइकाको घरमा एक युवती पुगिन्
-
त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग
-
‘तीन दलबाट रास्वपा लोकतन्त्रको पक्षमा छैन भनेर प्रस्तुत गर्ने प्रयास भयो’
-
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम