आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आइतबार, ०७ पुस २०८१, ०६ : २२
आइतबार, ०७ पुस २०८१

वि.सं. २०८१ साल पौष ७ गते । आइतबार । इस्वी सन् २०२४ डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष कृष्णपक्ष । तिथि–सप्तमी, २१ घडी ४२ पला, दिउसो ३ बजेर ३३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्वाफाल्गुनी, २ घडी ५७ पला, बिहान ८ बजेर ३ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–आयुष्मान, ३५ घडी २१ पला, बेलुकी ९ बजेर ३ मिनेट उप्रान्त सौभाग्य । करण–बव, दिउसो ३ बजेर ३३ मिनेट उप्रान्त बालव, रातको ४ बजेर २९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह, दिउसो २ बजेर ३६ मिनेट उप्रान्त कन्या । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ११ मिनेट । दिनमान २५ घडी ५० पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ५२ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ५३ मिनेटदेखि बिहान ८ बजेर १० मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ११ मिनेटदेखि बिहान ९ बजेर २७ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर २८ मिनेटदेखि बिहान १० बजेर ४५ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ४६ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर २० मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २१  मिनेटदेखि दिउसो २ बजेर ३७ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ३८ मिनेटदेखि दिउसो ३ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ५५ मिनेटदेखि बेलुकी ६ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो ३ बजेर ५४ मिनेटदेखि बेलुकी ५ बजेर १२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ५ बजेर १६ मिनेटदेखि बिहान ६ बजेर ४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ ।   काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबिच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुरानो सवारी साधन परिवर्तन गरी नयाँ लिने ग्रहयोग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । मन परेको मानिससँग यात्रा हुने तथा मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यातित हुनेछ । आफन्त तथा आमाको सहयोगले राम्रा काम गर्न सकिनेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गन्तव्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भए पनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाइसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । साँझपख छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनैपनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरू पनि प्रभावित हुनेछन् । व्यवसायमा लगानी गर्दा तत्काल कुनै फाइदा नदेखिए पनि पछिको लागि राम्रो रहनेछ । आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेलामा रुपैयाँ पैसा माग्नेहरू आउनेछन् । राजनीति तथा  सामाजिक काममा जनताको काम गर्दा गर्दै आलोचना गर्नेहरू सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । तरपनि गैह्र न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्यम रहेकोले व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो हुनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसके जस्तो हुनेछ । शत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाब बढ्न सक्छ  । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू प्रयोग गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइ तपाईँ आफ्नै कमजोरीले बिग्रनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारमा लगानी गर्नुभन्दा अगाडी आफन्त तथा अग्रजसँग सल्लाह गर्नुहोला समय मध्यम रहेको छ । सरकारी सेवामा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईंको काम समयमा नगरी दिँदा महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । तरपनि बिद्यार्थीहरुले पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्नेछन् भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाग्य तथा कर्म भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । साँझपख लामो दुरीको यात्राको तय हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायबाट नाफा कमाउन सकिनेछ भने व्यापारकै सिलसिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समयले साथ दिनेछ । साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला सुस्ती,वैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेको छ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरू सक्रिय रहनेछन् । न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् । साँझपख समय राम्रो रहेकोले आफन्त तथा मावली पक्षको सहयोग पाइनेछ । अध्ययनमा सुधार हुनेछ । सवारी साधन, बिलासी बस्तु तथा उपहार प्राप्तिको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप