बार्सिलोनालाई हराउँदै एटलेटिको ला लिगाको शीर्षस्थानमा

काठमाडौं । बार्सिलोनालाई हराउँदै एटलेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । एटलेटिकोलाई जित दिलाउन अलेक्जिेन्डर सोरलोथले निर्णायक गोल गरे । उनले इन्जुरी अर्थात् अतिरिक्त समयमा गोल गर्दै एटलेटिकोलाई अर्थपूर्ण जित दिलाए । घरेलु टोली बार्सिलोनाले सुरुवाती अग्रतालाई पछि कायम गर्न सकेन ।
३०औं मिनेटमा गोल गर्दै पेड्रीले बार्सिलोना अग्रता दिलाएका थिए । तर, ६० औं मिनेटमा एटलेटिकोका रोड्रिगो डी पउलले गोल फर्काए । इन्जुरी टाइममा सोरलोथले नाहुएल मोलिनाको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाए । उनले सबै प्रतियोगितामा एटलेटिको मड्रिडलाई लगातार १२ औं जित दिलाएका छन् ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको एटलेटिकोले बार्सिलोनासँग ३ अंकको दुरी बनाएको छ । एटलेटिकोको १८ लेखबाट ४१ अंक भएको छ । उसले ला लिगाको यो सिजन जम्मा १ लेख गुमाएको छ । दोस्रो स्थानमा झरेको बार्सिलोनाले भने ५ खेल गुमाइसकेको छ । उसको १९ खेलबाट ३८ अंक भएको छ । आइतबार हुने खेलमा रियालले सेभियालाई हराए बार्सिलोना तेस्रो स्थानमा झर्ने देखिन्छ । रियालको १७ खेलबाट ३७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ