क्रिमस बजारमा गराइएको कार दुर्घटनाबारे जाँच गर्ने जर्मन चान्सलरको घोषणा

काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्जले म्यागडेबर्गस्थित क्रिमस बजारमा गराइएको कार दुर्घटनाबारे जाँच गर्ने प्रतिवद्धता जनाएको खबर छ । क्रिसमस बजारमा गराइएको कार दुर्घटनामा एक ९ वर्षीय बच्चासहित पाँच जनाको मृत्यु भएको छ ।
घटनापछि जर्मनीका राष्ट्रपति फ्र्यान्क वाल्टर उद्धारकर्तासँग म्यागडेबर्ग पुगेर पीडित परिवारलाई शान्त्वना दिए । यस्तै, कार दुर्घटनामा मृत्यु भएकाहरुप्रति एक समारोहबीच श्रद्धान्जली अर्पण गरिएको छ । म्यागडेवर्ग शहरका अधिकारीहरुका अनुसार कार हमलामा २०० बढी व्यक्तिहरु घाइते भएका छन् । त्यसरी मानिसहरुको भीडमा कार चढाउने संदिग्ध ५० वर्षीय साउदी नागरिक रहेको र मनोचिकित्सक उनले इस्लामोफोविक विचार राख्ने गरेको बताइएको छ ।
जर्मनीमा यसरी क्रिसमस बजारमा सवारी हाँकेका कारण मानिसको मृत्यु भएको यो नै पहिलो पटक घटना भने होइन । आठ वर्षअघि बर्लिनमा भएको यस्तै घटनामा १२ जनाको मृत्यु भएको थियो । जाँच गर्दै जाँदा सवारी हमला गर्ने व्यक्ति अनिस आमिरको इस्लामिक स्टेटसँग सम्बन्ध रहेको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्