इसाकको ह्याट्रिकमा न्यूक्यासलको शानदार जित
आइतबार, ०७ पुस २०८१, ०१ : ०९
काठमाडौं । एलेक्जेण्डर इसाकको ह्याट्रिक मद्दतले न्यूक्यासल युनाइटेडले इंग्लिश प्रिमियर लिगमा इप्सविच टाउनविरुद्ध शानदार जित निकालेको छ । न्यूक्यासलले अवे मैदानमा ४-० को शानदार जित निकालेको हो ।
खेलको पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाएका इसाकले ५४ औं मिनेटको अन्तराल मै ह्याट्रिक पूरा गरे । पहिलो हाफ मै तीन गोल गरेको न्यूक्यासलका लागि एक गोल याकूब मर्फीको नाममा रहयो । जितपछि न्यूक्यासलले युरोपा लिगको सम्भावना बलियो बनाएको छ भने इप्सिविच रेलिगेशन जोनमा झरेको छ ।
१७ खेल खेल्दा न्यूक्यासलको २६ अंक भएको छ भने शीर्ष स्थानको लिभरपुलसँग १० अंकको अन्तर छ । शीर्ष स्थानमा विराजमान लिभरपुलको भने ३६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता