१२ बजे, १२ समाचार : एनपीएल सकिएपछि पारसको प्रतिक्रियादेखि समीक्षा पुगिन् साइबर ब्यूरोसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ-
१. सकियो एनपीएल
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाएको फ्रेन्चाइज क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग’ (एनपीएल)को पहिलो संस्करण शनिबार सम्पन्न भएको छ । जसको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरुको ओइरोबिच खेलिएको फाइनल खेलमा उपाधिको बलियो दाबेदार मानिएको सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।
२. पारसको प्रतिक्रिया
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलको अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउने बताएका छन् । एनपीएलको पहिलो संस्करण सकिए लगत्तै सचिव खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन् ।
३. पुबुदु
जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । फाइनलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
४. टमटा
फाइनलमा पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले पावर प्लेमा जनकपुर बोल्ट्सले बटुलेको रनले नै खेलको नतिजामा प्रभाव परेको बताएका छन् । खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक टमटाले समग्रमा राम्रै क्रिकेट खेले पनि विपक्षीले पावर प्ले जोडेको रनले नै खेलमा प्रभाव परेको उल्लेख गरेका हुन् ।
५. सबै नेताको कार्यविभाजन
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । मंसिर २६ देखि पुस २ मा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेको हो । माधवकुमार नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ ।
६. राप्रपाले बनायो समिति
स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेको राप्रपाले यसबारे अध्ययनका लागि एक समिति गठन गरेको छ । राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
७. स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका
स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्धन गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ तयार गरेको छ ।
८. ऋण गुणस्तर जाँच्ने प्रक्रिया
सञ्चालनमा रहेकामध्ये १० वटा वाणिज्य बैंकको सम्पत्ति ९ऋण० को गुणस्तर जाँच .एलपीआर) गर्न परामर्शदाता छनोटका लागि फेरि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैंकले ६ महिनासम्म अघि बढाएर रद्द गरेको छनोट प्रक्रियालाई फेरि अघि बढाउन लागिएको हो ।
९. साइबर पुगिन् समीक्षा
एआईमार्फत फेक भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
१०. रंगमञ्च
पुस महिनामा चलचित्रको मात्र होइन, थिएटरमा नाटकको पनि अभाव देखिएको छ । ४ वटा शुक्रबार रहेको पुसमा पहिलो साता ९५ गते शुक्रबार० फिल्म ‘बमबहादुर’ र अन्तिम शुक्रबार (२६ गते) ‘कासाङ’ बाहेक अन्य समय नेपाली फिल्म सार्वजनिक हुने तालिका छैन ।
१०. चेसका बादशाह गुकेश
आठ वर्षको बालकको सपना के हुन सक्छ ? कुनै नयाँ भिडियो गेम, मन परेको खेलौना वा रमाइलो लाग्ने ठाउँ घुम्न जाने यस्तै-यस्तै, योभन्दा धेरै भयो भने आफूलाई मनपर्ने चर्चित खेलाडीसँगको सेल्फी वा अटोग्राफ । बालक गुकेश डोम्माराजुको सपना भने असाधारण थियो( चेसको विश्व विजेता बन्ने ।
११. कस्ता खाना खाने ?
शरीरलाई जाडो याममा न्यानो र ऊर्जावान् राख्न पौष्टिक तथा तातो खाना आवश्यक हुन्छ । यस्तो मौसममा प्रोटिनयुक्त खाना बढी खानु राम्रो हुन्छ । तातो खाद्यान्नले ‘हिट जेनेरेसन’ गर्छ । यसले गर्दा शक्ति खपत बढी हुन्छ । भोक छिटो लाग्छ । खाना पनि बढी रुच्छ ।
१२ . आँधी
फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
-
दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ
-
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख
-
प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
-
भूमिकाको ‘आँखा मार्यो’ गीतमा मञ्जु थापाको नृत्य
-
४९ दिनमा सकियो ‘होस्टेल ३’