जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
फाइनलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
उनले कहिले कहीँ रनमा मात्र ध्यान हुने भए उल्लेख गर्दै ललितको प्रदर्शन नै खेलको महत्वपूर्ण पक्ष रहेका बताए । ललितले ब्याटिङ पिचमा पनि राम्रो बलिङ गरेको प्रशिक्षक पुबुदुको भनाइ छ । आफू जनकपुरको प्रशिक्षक भएर मात्र ललितलाई समर्थन नगरेको र उनी नै प्रतियोगिताको प्रमुख खेलाडी रहेको उनी बताउँछन् ।
यद्यपि उनले दीपेन्द्र सिंह ऐरीले पनि राम्रो खेलेको बताए । उनले पावर प्लेमा आसिफ शेख र लाहिरु मिलन्थाले खेलको माहोललाई परिवर्तन गराएको प्रतिक्रिया दिए । उनले यस एनपिएलमा नेपालका सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गरेको छ ।
यो नै सुखद पक्ष रहेको उनी बताउँछन् । स्टार खेलाडीसँग एउटै ड्रेसिङ रुम सेयर गर्न पाउँदा उनीहरूमा थप आत्मविश्वास बढ्ने उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता
-
सहज छैन सलाहको यात्रा, केन र लेवान्डोवस्कीदेखि एमबाप्पेसम्म छन् दौडमा
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक