विदेशमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : शर्मा
काठमाडौँ । सरकारले समयमै विदेशमा रहेका नेपालीको राहदानी नवीकरणलगायतका अत्यावश्यक सेवामा सहजीकरण नगरिदिँदा समस्यामा पर्ने क्रम पटक पटक दोहोरिने गरेको सरोकारवालाले गुनासो गरेका छन् ।
११ औँ महाधिवेशनमा बद्री केसीको नेतृत्व अस्वीकार गर्दै एनआरएनएमा अर्को कार्यसमिति बनाएका आरके शर्माले पासपोर्टसम्बन्धी समस्या समाधानका प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री आरजु राणा र श्रममन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय विदेशमा बसोबास गर्ने नेपालीहरू त्यसमापनि विशेषगरी खालीलगातका देशमा रहेका श्रमिकहरुले समेत पासपोर्ट नवीकरणसम्बन्धी समस्या भोग्न बाध्य भएको उनले बताए ।
‘पासपोर्ट नवीकरण गर्नै पनि धेरै देशहरूमा दुई तीन महिनासम्म कुर्नुपर्ने बाध्यता छ’, उनले शनिबार भने, ‘पोर्चुगल, माल्टा, इराक लगायत देश, जहाँ नेपाली घनत्व छन् र ती देशमा दूतावास पनि नभएका कारण समयमै पासपोर्ट नवीकरण गराउन नसक्दा अहिले धेरैले जागिर गुमाउनुपर्ने लगायत समस्या लामो समयदेखि भोग्न बाध्य छन् । तर सरकारले समस्या समाधानमा ढिलाइ गर्दै आएको छ ।’
यी समस्या समाधान गर्न सम्बन्धित देश कतार, साउदी, मलेसिया, लगायत चाप बढी भएका दूतावासमा केही कर्मचारी थप गर्ने अनि करिब ३० लाख रुपैयाँ जति पर्ने एउटा डिभाइस थपे पुग्ने कुरा भएको उनको भनाइ छ । ‘तर यो काम गर्न असम्भव हो कि सरकारको प्राथमिकतामा नपरेका हो यो भन्ने प्रश्न अगाडि आएको छ’, उनले भने ।
भर्खरै नेपाल सरकारले एयरपोर्ट मर्मतको नाममा एयरपोर्टको समय तालिका घटाएर चाडबाड मनाएर श्रमिक नेपाली स्वदेश फर्किने बेलामा ३० हजारको टिकटलाई डेढ लाख सम्म तिर्नुपर्ने बाध्यता निम्त्याएको स्मरण गर्दै उनले देशको जीडीपीमा झन्डै ३० प्रतिशत भन्दा माथि योगदान गरेका विदेशमा रहने श्रमिक नेपालीहरूको समस्या समाधानमा सरकार बेलैमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।
‘विदेशमा रहेका भूइँमान्छे श्रमिक नेपालीको समस्या समाधानमा सम्मानित राजनीतिक नेताहरू र सरकारसहित सरोकारवालालाई हातमा हात मिलाएर राजनीति भन्दा माथि उठेर निस्वार्थ भावले काम गर्न हार्दिक आह्वान गर्दछु’, उनले भने । यसका लागि एनआरएनएको तर्फबाट आफूले सक्दो सहजीकरण गर्न तयार रहेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म