आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु
शनिबार, ०६ पुस २०८१, २२ : ०२

मापुटो । फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ ।
हिन्द महासागरको मायोटे टापुलाई चिरेर आइतबार मोजाम्बिकमा आएको चिडो आँधीका कारण सयौँको मृत्यु भएको आशङ्का गरिएको छ ।
मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा आएको आँधीका कारण करिब ६२ हजार घरमा क्षति भएको अधिकारीहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आश्रय, खाद्य र हाइजिन किट, डिग्निटी किट, साबुन र लामखुट्टेको जालीजस्ता गैरखाद्य वस्तु प्रभावित जनसङ्ख्याका लागि अति आवश्यक वस्तुका रूपमा पहिचान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?
-
पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक
-
भारतीय चलचित्रबाट निकालिइन् पाकिस्तानी अभिनेत्री हानिया