आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : सकियो एनपीएल, साइबर ब्युरो पुगिन् समीक्षा

शनिबार, ०६ पुस २०८१, २२ : ००
शनिबार, ०६ पुस २०८१

काठमाडौँ । आज मिति २०८१ साल पुस महिनाको ६ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • सकियो एनपीएल

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउँदै शनिबार सम्पन्न भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरुको ओइरोबिच खेलिएको फाइनल खेलमा उपाधिको बलियो दाबेदार मानिएको सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

  • सबै नेताको कार्यविभाजन

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । मंसिर २६ देखि पुस २ मा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेको हो । माधवकुमार नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ ।

  • समीक्षा अधिकारीको चरित्रहत्या

एआईमार्फत फेक भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हुन् । 

  • रंगमञ्च

पुस महिनामा चलचित्रको मात्र होइन, थिएटरमा नाटकको पनि अभाव देखिएको छ । ४ वटा शुक्रबार रहेको पुसमा पहिलो साता (५ गते शुक्रबार) फिल्म ‘बमबहादुर’ र अन्तिम शुक्रबार (२६ गते) ‘कासाङ’ बाहेक अन्य समय नेपाली फिल्म सार्वजनिक हुने तालिका छैन ।

  • राप्रपाले बनायो समिति

स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेको राप्रपाले यसबारे अध्ययनका लागि एक समिति गठन गरेको छ ।  राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

  • स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका

 स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्धन गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ तयार गरेको छ । 

  • ऋण गुणस्तर जाँच्ने प्रक्रिया

सञ्चालनमा रहेकामध्ये १० वटा वाणिज्य बैंकको सम्पत्ति (ऋण) को गुणस्तर जाँच (एलपीआर) गर्न परामर्शदाता छनोटका लागि फेरि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैंकले ६ महिनासम्म अघि बढाएर रद्द गरेको छनोट प्रक्रियालाई फेरि अघि बढाउन लागिएको हो ।

  • चेसका बादशाह गुकेश

आठ वर्षको बालकको सपना के हुन सक्छ ? कुनै नयाँ भिडियो गेम, मन परेको खेलौना वा रमाइलो लाग्ने ठाउँ घुम्न जाने यस्तै–यस्तै; योभन्दा धेरै भयो भने आफूलाई मनपर्ने चर्चित खेलाडीसँगको सेल्फी वा अटोग्राफ । बालक गुकेश डोम्माराजुको सपना भने असाधारण थियो— चेसको विश्व विजेता बन्ने । 

  • कस्ता खाना खाने ?

शरीरलाई जाडो याममा न्यानो र ऊर्जावान् राख्न पौष्टिक तथा तातो खाना आवश्यक हुन्छ । यस्तो मौसममा प्रोटिनयुक्त खाना बढी खानु राम्रो हुन्छ । तातो खाद्यान्नले ‘हिट जेनेरेसन’ गर्छ । यसले गर्दा शक्ति खपत बढी हुन्छ । भोक छिटो लाग्छ । खाना पनि बढी रुच्छ । 

  • शनिबार विशेष सामग्री

रातोपाटीको शनिबार विशेष सामग्रीहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप