जसपा नेपालका अध्यक्षद्वारा एनपीएल विजेतालाई बधाई
शनिबार, ०६ पुस २०८१, २० : ५७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टिम जनकपुर बोल्ट्सलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत एनपिएलमा फाइनल खेलको उपाधि विजेता टिमलाई पार्टीको तर्फबाट बधाई दिएका हुन् । उनले उपविजेता सुदूरपश्चिम् रोयल्स र लिगमा सहभागी अन्य सम्पूर्ण टिमलाई पनि बधाई ज्ञापन गरेका छन् ।
अध्यक्ष यादवले आगामी दिनमा क्रिकेट लिगमार्फत् नेपालको पहिचान, सामाजिक सद्भाव र एकता, विविधतासँगै भाषा, भेष र संस्कृतिको सम्वर्द्धन एवं प्रवर्द्धन हुनेमा विश्वास व्यक्त गरे । उनले सम्पूर्ण देश र
समुदायको खेल भावनालाई एकसुत्रमा बाँध्न एनपीएल लिग सफल भएको भन्दै सहभागी खेलाडी, समर्थक र शुभचिन्तकलाई पनि बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु