चरित्रहत्या गर्नेविरुद्ध साइबर ब्युरोमा पुगिन् समीक्षा अधिकारी

काठमाडौँ । एआईमार्फत फेक भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् ।
आफ्नो चरित्रहत्या गर्नेलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
फेसबुक रिलमार्फत एक व्यक्तिले आपत्तिजनक फेक भिडियो सार्वजनिक गरेर चरित्रहत्या गरेकाले कानुन बमोजिम कारबाही माग गर्दै शनिबार ब्युरोमा निवेदन दिएको समीक्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् ।
‘मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, उनले भनिन्, ‘साइबर ब्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको छु ।’
अधिकारीले सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने गरी गैरकान'नी क्रियाकलाप नगरी दिन सबैसँग अनुरोध समेत गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको शतक, पाकिस्तान पराजित
-
नयाँ बसपार्कबाट खैरो हेरोइन सहित भारतीय दम्पती पक्राउ
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको राजीनामा मागदेखि नयाँ सुरक्षा चुनौतीबारे रणनीतिमा सेनासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा