हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन

काठमाडौँ । न्युटनले प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
तार्केश्वर नगरपालिका ९ स्थित आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित गर्यो । हिमरश्मिले जय मल्टिपल क्याम्पसलाई सीधा सेटमा २५–१९, २५–१९ र २५–२२ ले हराउँदै तेस्रो भयो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा न्युटनका राजन परियार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर, हिमरश्मिकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर, एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर, एन्जल्स हार्टका निर्मल विक उत्कृष्ट ब्लकर तथा न्युटनका कृष्ण साउद उदीयमान खेलाडी चुनिए ।
विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, हिमरश्मिका अध्यक्ष तीर्थ गुरुङलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । पुस २ गतेदेखि सुरु प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी