भिल्लासँगको हारपछि थप संकटमा सिटी

भिल्ला पार्क । एस्टन भिल्लासँग पराजित भएपछि म्यानचेस्टर सिटीको सङ्कट थप गहिरिएको छ । शनिबार भएको प्रिमियर लिग अन्तर्गतको खेलमा सिटी १–२ गोल अन्तरले पराजित भएको हो ।
खेलको १६ औँ मिनेटमा जोन डुरानले भिल्लालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा मोर्गन रोजर्सले टोलीको जित सुनिश्चित गरे । इन्जुरी समयमा फिल फोडेनले सिटीका लागि सान्त्वना गोल गरे ।
पराजयसँगै साबिक विजेता सिटी अङ्क तालिकाको छैटौँ स्थानमा खस्किएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २ खेल बढी खेलेको सिटी ९ अङ्कले पछि परेको छ । १७ खेलबाट सिटीको २७ अङ्क छ । भिल्ला भने २८ अङ्कसहित पाँचौँ स्थानमा छ ।
सिटीले सबै प्रतियोगितामा पछिल्ला १२ खेलमध्ये ९ खेल हारेको छ । टोली घरेलु मैदानबाहिर खेलिएका पछिल्ला ८ खेलमा जितविहीन रहेको छ ।
गत हप्ता म्यानचेस्टर डर्बीमा हार बेहोरेको टोलीमा पेप ग्वार्डिओलाले ६ वटा परिवर्तन गरेका थिए । तर, टोलीको परिणाम भने परिवर्तन हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन
-
बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
-
आगामी बजेटका चुनौती
-
होमस्टेमा सरकारको लगानी, बालुवामा पानी
-
अफगानिस्तानमा गयो भूकम्प