आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति

शनिबार, ०६ पुस २०८१, २० : १०
शनिबार, ०६ पुस २०८१

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेको राप्रपाले यसबारे अध्ययनका लागि एक समिति गठन गरेको छ ।  

राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए । 

बैठकमा मङ्सिर १६ मा सम्पन्न उपनिर्वाचनको गम्भीरतापूर्वक समीक्षा समेत भएको श्रेष्ठले बताए ।  उपनिर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसकेको अवस्थामा प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रूपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय गरिएको उनले बताए । 

यस्तै राप्रपाको सुधार गर्नुपर्ने, निरन्तरता दिनुपर्ने र अवलम्बन गर्नुपर्ने नीतिगत, संरचनागत र समग्र पक्षका बारे बौद्धिक वर्ग, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू र आम जनसमुदायसँग घनीभूत छलफल र संवाद गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न विज्ञहरूको समूह बनाउने निर्णय गरिएको राप्रपाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप