ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

जयपुर । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् ।
यस घटनामा घाइते २७ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ भने ७ जना भेन्टिलेटरमा छन् । कांग्रेस नेता तथा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलट शनिबार अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै सचिन पाइलटले भने, ‘यो दुर्घटना एकदमै डरलाग्दो दुर्घटना थियो, जसका कारण हामी सबै दुःखी छौँ। यति ठुलो दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान होस् भन्ने चाहन्छु। यस विषयमा निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्छ।’
पाइलटले भने, ‘आगो लागेको र मानिसको ज्यान जानु हृदय विदारक छ। मानिसहरू ७० प्रतिशतसम्म जलेका छन्, उनीहरू आईसीयूमा भर्ना छन्। धेरैको ज्यान गएको छ। मलाई आशा छ कि यस्तो घटना फेरि कहिल्यै नहोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना