अनमोलप्रीतले तोडे युसुफ पठानको कीर्तिमान
शनिबार, ०६ पुस २०८१, १९ : ३२

पञ्जाब । पञ्जाबका ब्याट्सम्यान अनमोलप्रीत सिंहले भारतको घरेलु लिस्ट ए क्रिकेट प्रतियोगिता ‘ विजय हजारे ट्रफी’ मा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । अनमोलप्रीत सिंहले शनिबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अरुणाचल प्रदेशसँगको एकदिवसीय खेलमा ३५ बलमा शतक बनाएका हुन् ।
यो लिस्ट ए श्रेणी क्रिकेट खेलमा भारतका लागि सबैभन्दा छिटो शतक पनि हो। अनमोलप्रीतले आफ्नो पारीमा १२ चौका र ९ छक्का प्रहार गरे । अनमोलप्रीत आईपीएलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादको जर्सीमा पनि देखिएका छन् ।
अनमोलप्रीतले पूर्व भारतीय ब्याट्सम्यान युसुफ पठानको कीर्तिमान तोडेका हुन् । युसुफ पठानले सन् २००९ मा महाराष्ट्रविरुद्धको लिस्ट ए क्रिकेट खेलमा ४० बलमा शतक बनाएका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?