मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार एक समारोहका बिच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रशासकीय भवन निर्माणको शिलान्यास गरेका हुन् ।
लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मनहरीले नयाँ प्रशासकीय भवन निर्माण थालेको हो । राष्ट्रिय वन क्षेत्रको जग्गाको स्वामित्व गाउँपालिका अन्तर्गत ल्याएर मनहरीले भवन निर्माण कार्य थालेको गाउँपालिकाका योजना महाशाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए । ६ कट्ठा क्षेत्रफलमा ४२ वटा कोठासहित ३ तले सुविधा सम्पन्न भवन निर्माण गर्ने गरी मनहरीले ठेक्का सम्झौता गरेको उनले बताए ।
प्रशासनिक भवन निर्माणको लागि तामाकोसी–ढाचा जेभी बालाजु काठमाडौँले निर्माणको लागि गत असोज १४ गते सम्झौता गरेको उनको भनाई छ । ८ करोड २८ लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८२ चैत ३० गते सम्पन्न गर्नुपर्ने छ ।
उनका अनुसार उक्त भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ प्राप्त भएको र अन्य रकम गाउँपालिकाबाट बेहोर्ने गरी ठेक्का सम्झौता भएको छ । भवनका लागि मन्त्रालयबाट थप सहयोग प्राप्त हुने विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’को छायाङ्कन सुरु
-
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’