प्रधान सेनापतिद्वारा पूर्वी पृतनाको निरीक्षण

काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले श्री पूर्वी पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले धनकुटास्थित श्री भीमदल गण, झापा स्थित श्री अरिदमन गण, पाँचथर स्थित श्री रणशेर गण र ओखलढुङ्गा स्थित श्री दुर्गाबक्स गणको निरीक्षण गरेका हुन् ।
सो क्रममा प्रधान सेनापति सिग्देलले उक्त पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
निरीक्षण भ्रमणको दौरान सिग्देलले श्री नं. १८ वाहिनी अड्डा तथा अन्तरगतका फौजहरू सम्मिलित भई उदयपुर स्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको पनि निरीक्षण गरे । निरीक्षणको दौरान प्रधान सेनापतिले सामूहिक तालिमको विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरे ।
हाल नेपाली सेनाका युनिटहरूको आ-आफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिम सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय