चम्पावती हाइड्रोपावर लिमिटेडकाे सार्वजनिक सेयर निष्कासन हुने

काठमाडौँ । चम्पावती हाइड्रोपावर लिमिटेडले सार्वजनिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको काठमाडौँमा भएको १५औँ वार्षिक साधारणसभामा साेबारे जानकारी दिइएको हो ।
कम्पनीका अध्यक्ष डा. हरिराम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कम्पनीको आ.व. ८०/ ८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।
त्यस्तै यसअगाडि ११ जनाको सञ्चालक समिति रहने प्रावधान रहेकोमा साधारणसभाले सो प्रावधान परिमार्जन गरि ११ जनाको सञ्चालक समिति हुने निर्णय गरेको छ ।
सो कम्पनीले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका र लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाको सिमानामा पर्ने चेपे खोलामा ७ मेगावाट क्षमताको चेपे ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।
१ अर्ब ३२ करोड ६० लाखको लगानीमा आयोजना निर्माण सम्पन्न भएको साधारणभाको अवसरमा जानकारी दिइएको छ ।
कम्पनीमा २११ जना संस्थापक सेयरधनी रहेका छन् । कम्पनीले १६ करोड रुपैयाँ बराबरको सार्वजनिक सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने