पोखरामा ९ पुसदेखि पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव

पोखरा । पोखरामा पुस ९ देखि अन्तर्राष्ट्रिय स्तरको बेलुन महोत्सव हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसलाई लक्षित गरी पोखरा पर्यटन परिषद् र बेलुन नेपालको आयोजनामा महोत्सव गर्न लागिएको हो । महोत्सवमा नेपाल सहित १५ देशका खेलाडीहरू सहभागी हुनेछन् ।
१७ पुससम्म हुने प्रतियोगिताको तयारी पूरा भैसकेको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । पोखरा २३ र २४ नम्बर वडाको फेवा फाँटमा हुने महोत्सवमा अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अस्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरू नेपाल आइसकेका छन् ।
महोत्सव अवधिमा बिहान ६ बजे देखि ९ बजेसम्म र बेलुका ४ बजे देखि ६ बजे सम्म बेलुन उडान हुने आयोजकले जनाएको छ । हरेक बेलुका ७ बजे देखि ८ बजे सम्म बेलुन नाइट ग्लो हुने पहारीले जानकारी दिए । उनका अनुसार महोत्सवको विशेष आकर्षणको रूपमा सूर्योदय र सूर्यास्त बेलुन उडान हुनेछ । पोखरामा सन् २०१८ देखि व्यावसायिक रूपमा हट एयर बेलुन उडान हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना