गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ

गाजा । संयुक्त राष्ट्रसङ्घले गाजामा २० लाखभन्दा बढी मानिसहरू फसेको बताएको छ । संयुक्तराष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले शुक्रबार सो कुराको जानकारी दिएको हो ।
युएनआरडब्लुएले हालैका दिनहरूमा गाजामा खराब मौसम अवस्था जारी रहने अपेक्षा गरेको छ । यसका बाबजुद पनि एजेन्सीलाई आश्रय सहायताभन्दा खानालाई प्राथमिकता दिन बाध्य पारिएको छ । यसैबिच, संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले गाजाका बालबालिकामा जारी सङ्कटको असरप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
गाजामा युनिसेफका प्रमुख सञ्चार अधिकारी रोसालिया बोलिनले बालबालिकाको एउटा पुस्ताले आफ्नो अधिकारको गम्भीर उल्लङ्घन र आफ्नो भविष्यको विनाशको पीडा भोगिरहेको कुरा प्रकाश पारे । चौध महिनाभन्दा बढी समयदेखि बालबालिका विपद्को छेउमा बाँचिरहेका छन्, जसमा १४ हजार ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको र हजारौं घाइते भएका छन् ।
युनिसेफले पनि जाडो सुरु हुने बित्तिकै स्थिति खराब हुने चेतावनी दिएको छ । गाजाका बालबालिकाहरू चिसोको सामना गरिरहेका छन् । धेरैले अझै गर्मीको लुगा लगाएर खाली खुट्टा हिंडिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका, तस्बिरहरु
-
एनआरएनएको मुद्दा लगातार चौथो पेसीमा, घलेले महाधिवेशन गराउन सक्लान् ?
-
राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
-
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
-
सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती