नेपाल प्रिमियर लिग क्रिकेट
पावरप्लेको अन्त्यमा जनकपुरले बनायो ७१ रन
शनिबार, ०६ पुस २०८१, १४ : ४९

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो ब्याटिङ गरिरहेको छ । ६ ओभरको अन्त्यमा टोलीले बिना विकेटको क्षतिमा ७१ रन बनाएको छ ।
जनकपुरका लागि लाहिरु मिलान्थाले ३४ रन तथा आसिफ शेखले ३२ रन बनाएका छन् । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।