बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपाले किन गर्दैछ विचार संश्लेषण ?

शनिबार, ०६ पुस २०८१, १४ : ४४
शनिबार, ०६ पुस २०८१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ केन्द्रीय समितिको हालै सम्पन्न पूर्ण बैठकले विचार संश्लेषण गर्ने निर्णय गरेको छ । जसको पक्ष र विपक्षमा धारणाहरू आउन थालेका छन् । यहाँ सोही विषयमा सन्दर्भगत चर्चा गरिएको छ।

(क) संश्लेषण  किन ?

माओ त्सेतुङ‌को मृत्युपछि सर्वहारा वर्गको नेतृत्वमा (नेपालको सन्द‌र्भमा श्रमिक वर्गको नेतृत्वमा कान्ति भएको छैन । विश्वभरि प्रयासहरू, विद्रोहहरू भएका छन्।तर सफल भएका छैनन् । पुँजीवाद कायम छ  तर यो समाधान होइन भन्ने देखिन्छ । पुँजीवाद भन्दा विघटित समाजवाद नै श्रेष्ठ व्यवस्था हो भन्ने पुष्टि भएको छ । तर लेनिन र माओकालीन व्यवस्थाले आजका समस्या तथा जनअपेक्षा पूरा गर्न सक्दैन ।

  त्यसकारण नयाँ दर्शन (विचार, कार्यदिशा) आदि आवश्यक छ। नयाँ विचारको आधारमा राजनीति, संस्कृति, चुनाव, अर्थनीति, सत्ताको स्वरूप नयाँ आवश्यक हुन्छ । त्यस विषयमा हामीले आफ्नो विचार र व्यवहार प्रस्तुत गरिरहेका छौँ । त्यसलाई थप व्यवस्थित र सूत्रबद्ध गरेर 'विचार संश्लेषण' गरिँदैछ।

(ख) विश्वमा विचार संश्लेषणको प्रयास

माओको मृत्‌युपछि पेरु‌मा  गोन्जालोले 'गोन्जालो विचार' भनेर मार्क्सवादलाई  विकास गर्ने प्रयास गरे । तर त्यो प्रयास थप सफल हुन सकेन । अमेरिकी कम्युनिस्ट पार्टी आरसिपीका अध्यन बव अभाकियनले 'न्यू सैन्थेसिस' भन्दै विचार  संश्लेषणको प्रयास गरेका छन् । भाकपा (माओवादी) ले विचार संश्लेषणको तहमा पुगिनसकेको भने पनि पुरानै विचारमा  मात्र अडेको छैन । दक्षिण अमेरिकी देशमा कम्युनिस्ट लहर छर भेनेजुयलाले नयाँ जमर्को  गरिरहेको छ ।

नेपालमा ५० को दशकमा तत्कालीन एमाले र माओवादी विचार र व्यवहारमा मुख्य प्रतिस्पर्धा थियो। मदन भण्डारीको नेतृत्वमा बहुदलीय जनवाद' मा विचार धारात्मक  शृङ्खला थिए । तर भण्डारीको मृत्यु सँगै त्यसको  अवसान भयो । २०५२ सालपछि नेपाली कम्युनिस्ट आन्दोलनमा माओवादी र जनयुद्ध हाबी भयो। जनयुद्धको दर्शनलाई 'प्रचण्डपथ' नामकरण गरियो । भाकपा (माओवादी) ले प्रचण्डपथप्रति असहमति जाहेर गरेको थियो। (माओवादी ) का पिविएम और क. अरविन्दले प्रचण्डपथमा कुनै मौलिक दर्शन नभएको हामीसँगको छलफलमा बताएका थिए ।

आज सी जिन पिङ विचार र रुसी सत्तारुढ पार्टी निकट चिन्तकहरूले पनि नयाँ दर्शनको बहस अगाडि सारेका छन् । त्यसले पुरानो दर्शन र समाज व्यवस्थाको  विकल्प विश्वभरि खोजी भइरहेको छ। नेपालमा पुरानो व्यवस्था दर्शनले वर्त‌मान‌का चुनौतीको सामना गर्न सकिन्न भन्ने सबैको धारणा देखिन्छ । तर के कसरी त? सबैका फरक-फरक धारणा छन् । क्रान्ति र परिवर्तनको लागि दर्शनमा विकास गर्नुपर्छ । किनकि दर्शन (फिलोसफी) भनेको आफ्नो समयको बौद्धिक सारतत्व हो । बौद्धिक सारतत्वमा योगदान नगरीकन संसार बुझ्न-बुझाउन सकिन्न र संसार नबुझीकन बदल्न सकिन्न । तसर्थ हामीले वैचारिक संश्लेषण गरेर श्रमिक वर्ग र मित्र शक्तिलाई अपिल गर्ने निर्णय गर्‍यौँ ।

 (ग)एकता र ध्रुवीकरण

हाम्रो देशमा अमेरिकी हस्तक्षेप असामान्य रूपमा बढिरहेको छ। राज्यका संवेदनशील संस्था र व्यक्तिहरू पराश्रित भएको आरोप छ। देशलाई प्रेम-शक्ति र कच्चा पदार्थविहिन बनाइदिन्छ ।परनिर्भरताले राष्ट्रिय सुरक्षा कमजोर हुन्छ । पराश्रित-दास नागरिकमा स्वाभिमान र प्रतिरोधी भावना कमजोर हुन्छ । बिहान बेलुका खानपनि अर्काको मुख ताक्नु पर्ने  अवस्था छ । कम्युनिस्टबिच यदुवन्शी  खेल चलिरहेको छ । माओवादीलाई शहरबाट लखेटिसकेका छन्। अब एमालेलाई काठमाडौँबाट  लखेट्ने  प्रपञ्च चलिरहेको छ। एमाले माथि विचार र राजनीतिमाथि आक्रमण नभए पनि आर्थिक, सांस्कृतिक कोणबाट आक्रमण भइरहेको छ । बालेन रवि, दुर्गाजस्ता शङ्कास्पद पात्रलाई उभ्याएर लडाइँदैछ । विप्लव‌को विचारमाथि नै आक्रमण छ । हरेक सरकारले  ओली सरकार र नेकपा बिच भएको ३ बुँदे सहमतिप्रति बेवास्ता गरिरहेका छन् । समाजवादी मोर्चालाई  घोचपेचको अस्त्र र चुनावी दाउपेचमा बनाइ‌यो । 

प्रचण्डको कारण उक्त मोर्चा विघटनको  संघारमा छ। विश्व भूराजनीतिक स्वार्थको टक्कर नेपाल परेको छ । साम्राज्यवादले सर्वप्रथम कम्युनिस्टमाथि र अन्तिममा देश भक्तहरूमाथि आक्रमण गर्दछ । देशभक्तको नाममा राजेन्द्र लिङ्देल र कम्युनिस्टको नाममा बुख्याचाहरु तयार गरेर 'मियाँ की जुत्ती मियाँ की सरपर' भने झै  भइरहेको छ। तसर्थ एकता र ध्रुवीकरण साम्राज्यवादसँग लड्‌ने सोचले पैदा गरेको चिन्तन हो।

(घ) जन‌युद्ध र एकीकृत जनक्रान्ति

जन‌युद्धका उपलब्धिहरूलाई प्रचण्डपथमा संश्लेषण गरिएको थियो । त्यो विचारले गृहयुद्धमा जनतालाई जितायो । संसदीय व्यवस्था र उसको शाही सेना गृहयुद्धमा पराजित भैसकेको थियो । त्यस्तो अवस्थामा सम्राज्यवाद  शाही सेना र ज्ञानेन्द्र शाहको बैसाखी बनेर आयो। अर्को कोणबाट नेपाली क्रान्ति गृह‌युद्धको चरणबाट राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गर्दैगर्दा  दर्शन, राजनीति, संयुक्त मोर्चा  सबैतिर नयाँ विकास अनिवार्य बनेको थियो । त्यसको प्रयास हुँदै नभएको पनि होइन । तर विचारमा (दर्शन) विकास नगरी सेना, सङ्‌गठन, जनपरिचालनमा नयाँ प्रयास भयो। त्यो उल्टो यात्रा थियो। जसको निष्कर्ष प्रचण्डले सकिन्न भन्ने निष्कर्ष निकाले।

एकीकृत जनक्रान्ति साम्राज्यवादसँग लड्ने  दर्शन हो । किनकि दलाल पुँजीवाद विश्व पुँजीवादको स्थानीय प्रतिनिधि हो । गृह‌युद्धको तरिकाले साम्राज्यवादसँग लड्न सकिन्न । तसर्थ प्रचण्डपथ सामन्तवाद र नोकरशाही पुँजीवादसँग लड्‌ने दर्शन हो भने एकीकृत जनक्रान्ति दबाब पुँजीवादसँग लड्ने दर्शन हो।

(ङ) विचार निर्माणको चरण

समाजका समस्या देखेपछि मान्छेले त्यसको निदान र कारणको खोजी गर्न थाल्छ । जनयुद्धको पछिल्लो समय गणेशपुर शाही अमेरिका सेनाको रेन्जर बटालियनसहित  प्रत्यक्ष पेन्टागनको  सङ्गलनता र खारा मोर्चा र तिनको  प्रभाव‌ले जमयुद्धले नयाँ विकासको माग गरेको थियो। प्रचण्डले सकेनन् वा उल्टो यात्रा गरे । त्यसपछि हामीले कसरी गर्ने ? के गर्ने? अनुसन्धान, खोज, बहस गर्न थाल्यो । त्यसबेला सोच-चिन्तन (Thinking) गर्न थाल्यो । सोच अनुसार काम गर्ने वातावरण किरणसँग रहँदा भएन । त्यसपछि हामीले पृथक भएर काम गर्न थाल्यौ।  वर्ग सङ्‌घर्ष, अनारसङ्‌घर्ष र अनुसन्धानले हामीमा विचारका श्रृङ्खला (Set of idies) निर्माण भएको ठानेका छौँ । त्यसको प्रभाव समाजमा पर्न -देखिन थालेको छ । असल आचरण र व्यवहार असल चिन्तनका परिणाम हुन् । तसर्थ यो युगिन दायित्वलाई हामीले विचार वा पथ (Thought) मा विकास गर्न चाहन्छौँ। पथ वा विचारले जगतमा गुणात्मक प्रभाव परेपछि वाद (ISM) मा पुग्न सकिन्छ। 'उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक भनेझैं  हामीले महान् सपना देखेर  हिँडेका छौँ। पद नपाएर वा रिस फेर्न होइन । समयले फैसला सुनाउने नै छ।

(च) दर्शनको विकास कसले गर्ने ?

नेपाली कम्युनिस्ट आन्दोलनका केही बौद्धिक र पाका नेताहरूको योगदानप्रति  हामी ऋणी छौँ । तर उनीहरू दर्शन र ज्ञानको विषयलाई आफ्नो ठेक्का व्यवसाय  ठान्छन् । माओ र लेनिनले नबोलेको कुरा बोल्ने ?ठुला कुरा  गर्ने? मलाई नसोधीकन बोल्ने  भनेर लौरो उचाल्छन् । तर हाम्रो धारणा के हो भने हेपिएका जनता मान्छेले नै भौतिक विज्ञान र  समाज विज्ञानमा योगदान गरेका हुन्। गौतम बुद्ध दरवार  छोडेर नै योगदान गरे । मार्क्स  र एगेल्सलाई मूर्ख भनियो । लेनिनलाई अधिवक्ता बनेर सुख भोग्न सुझाइन्थ्यो । स्टालिन थोत्रा जुत्ता मर्मत गर्ने पिताका गरिब छोरा थिए । माओ त किसान भइहाले । मास्को बसेर डिग्रीको हल्लेंडो बोकेका वाङ मिलले चिनियाँ क्रान्तिको नेतृत्व गरेनन् । नेपाली क्रान्तिको विषयमा बिपी कोइराला, मदन भण्डारी  र प्रचण्डपछि  विप्लव सी र उनले निर्माण  गरेको विचार र पङ्‌ति हो। हामी प्रयासरत छौँ । अनुसन्धान र प्रयासलाई  डाह र पूर्वाग्रह होइन, सहयोग  गरौँ | दर्शनको विकास जनता र उसका सामान्यजस्ता प्रतिनिधिहरूले नै गर्ने हो ।

लेखक नेकपाका स्थायी समिति सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिल शर्मा विरही
अनिल शर्मा विरही
लेखकबाट थप