नेपाल प्रिमियर लिग क्रिकेट
लगातार विकेट गुमाउँदै सुदूरपश्चिम, आरिफ आउट
शनिबार, ०६ पुस २०८१, १४ : ००

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले छैटौँ विकेट गुमाएको छ । आरिफ शेख १ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले विकेट लिन सफल भए । १८.१ ओभरमा ६ विकेटको क्षतिमा १६९ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।