नेपाल प्रिमियर लिग क्रिकेट
सुदूरपश्चिमले पाँचौ विकेट गुमायो, कप्तान ऐरी आउट
शनिबार, ०६ पुस २०८१, १३ : ५४

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ । दीपेन्द्रसिंह ऐरी ९ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले विकेट लिन सफल भए । १८.१ ओभरमा ५ विकेटको क्षतिमा १६७ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।