औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालनसम्बन्धी कार्यविधि सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । सरकारले औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि -२०८१ सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको हो ।
मुलुकको औद्योगिक विकासका लागि लघु, घरेलु तथा साना उद्योग विकास औद्योगिक प्रवर्धन, रुग्ण उद्योगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन एवं महिला उद्यमशीलताको विकास गर्न यो कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो कार्यविधि औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५१ बमोजिम औद्योगिक लगानी प्रवर्धन कोषको रकम उपयोग गर्ने सम्बन्धमा प्रक्रियागत व्यवस्था गर्न औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी बनाइएको हो ।
यो कार्यविधिअनुसार लघु उद्यम, घरेलु तथा साना उद्योग विकाससम्बन्धी कार्य, प्रविधिसम्बन्धी, औद्योगिक प्रवर्धनसम्बन्धी र रुग्ण उद्योगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन, महिला उद्यमशीलता विकाससम्बन्धी कार्य गर्न सकिनेछ ।
यी कार्य सञ्चालनका लागि सम्बन्धित केन्द्र तथा विभागले सञ्चालन गर्न सक्नेछन् । साथै यी कार्यक्रमको लागि अनुदान प्रदान गर्ने गरी यस कार्यविधिबमोजिम कार्यक्रम सञ्चालन गर्दा रकम लगानी तथा खर्च गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा