बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
बारा । बारामा शनिबार बिहान फेला परेको शव पहिचान खुलेको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ ।
बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बेवारिसे अवस्थामा फेला परेको शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बताए । उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।
उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरसाहेबको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज बिहान मृत भेटिएका हुन ।’
बेवारिसे हत्या गरिएको अनुमान रहेता पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाए । उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौँ । सम्बन्धित सबैसँग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’
बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो । यो गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी दिएको छ ।
मृतकको टाउको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली निर्यात
-
एमालेका नेता ज्ञवाली अचानक दिल्लीमा
-
एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा
-
ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ: ओली
-
कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस
-
एनपीएल फाइनल : सुदूरपश्चिमद्वारा १ सय ८५ रनको लक्ष्य प्रस्तुत