जनकपुर बोल्ट्सको जितको कामना गर्दै गरियो पूजापाठ
शनिबार, ०६ पुस २०८१, १२ : ०८

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपी)एल) अन्तरगत आज फाइनल खेल हुँदैछ ।
एनपीएलको पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगेका छन् । दुवै टिमले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एनपिएलमा सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेको छ भने जनकपुर बोल्ट्सले मधेस प्रदेशको प्रतिनिधित्व गरेको छ ।
यसैबीच आज एनपिएलको फाइनल जित्नका लागि मधेस प्रदेशका युवाहरूले जनकपुर बोल्ट्सको समर्थन गर्दै विजयीको कामना स्वरुप मन्दिरमा पुगेर पूजा आराधना गरेका छन् ।
युवाहरूले जनकपुर बोल्ट्सको जितको लागि पूजापाठ एवं मंगलवपाठ समेत गरेका हुन् । जनकपुर बोल्ट्सका एक समर्थकले राजदेवी मन्दिरसहित विभिन्न स्थानमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि पूजापाठ गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड