एनपीएल क्रिकेटमा सुनिएको विभेदको आलोचना

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा केही व्यक्तिबाट विभेदकारी टिप्पणी भएको विषयमा आलोचना भएको छ । प्रतियोगिताको फाइनलअघि कतिपयले गैरजिम्मेवार ढङ्गले जातीय विभेद र नश्लीय टिप्पणीहरू गरेको पाइएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजेदेखि सुरु हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त हुनेछ । यी दुईमध्ये जसले खेल जितेपनि ऐतिहासिक उपाधि हुने छ ।
तर, खासगरी जनकपुर बोल्ट्सका समर्थकहरू र मधेसी समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा टिप्पणी भएपछि देश जोड्ने प्रतियोगितामा भएका अराजक हर्कतको विरोध भएको हो। क्रिकेटसम्बन्धी विभिन्न प्लेटफमका साथै एक्सन स्पोट्सको लाइभ स्ट्रिममा असभ्य टिप्पणी भएको पाइएको हो ।
यस्ता अराजक गतिविधिलाई निरुत्साहित गर्दै आपसी सद्भाव कायम गरेर संयमता अपनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोटर्स अवार्डको मुख्य प्रायोजकमा एसपीए
-
थाइल्याण्डबाट ल्याएको २२ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद
-
पाँच बुँदे सहमतिमा ग्यास उद्योगीहरूले स्थगित गरे आन्दोलन
-
माइक्रोसफ्टले ल्यायो नयाँ एआई टुल, मेडिकल क्षेत्रका लागि वरदान
-
प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा मोरङ र झापाको सजिलो जित
-
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी