काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल शनिबार भइरहेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त भइरहेको हो ।
जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । यी दुईमध्ये जसले खेल जितेपनि ऐतिहासिक उपाधि हुने छ ।
सुदूरपश्चिम रोयल्स प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई नै आठ विकेटले हराउँदै फाइनलमा पुगेको हो । जनकपुर बोल्ट्स भने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यी दुबै टोली प्रारम्भिक चरणको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढेका थिए । प्रारम्भिक चरणको खेलमा सुदूरपश्चिम रोयल्स १२ अंकसहित पहिलो र जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो भएका थिए । त्यसैले यी दुबै टोलीले पहिलो क्वालिफायरमा भिडन्त गर्ने अवसर पाएका थिए ।
शनिबार, ०६ पुस २०८१, १४ : ०७
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । उनीहरुले ११७ रन जोडे । टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो ।
शनिबार, ०६ पुस २०८१, १४ : ०४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले सातौँ विकेट गुमाएको छ । स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका किशोर महतोले विकेट लिन सफल भए । १९.१ ओभरमा ७ विकेटको क्षतिमा १७३ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
शनिबार, ०६ पुस २०८१, १४ : ००
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले छैटौँ विकेट गुमाएको छ । आरिफ शेख १ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले विकेट लिन सफल भए । १८.१ ओभरमा ६ विकेटको क्षतिमा १६९ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
शनिबार, ०६ पुस २०८१, १३ : ५४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ । दीपेन्द्रसिंह ऐरी ९ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले विकेट लिन सफल भए । १८.१ ओभरमा ५ विकेटको क्षतिमा १६७ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
शनिबार, ०६ पुस २०८१, १३ : ४९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा ललित राजवंशीले शानदार बलिङ गरेका छन् । निकै किफायती बलिङ गरेका उनले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । उनले प्रतियोगितामा १० खेलबाट १७ विकेट लिन सफल भएका छन् । उनको उत्कृष्ट बलिङ भनेको ८ रन खर्चेर ३ विकट हो ।
शनिबार, ०६ पुस २०८१, १३ : ४७
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ । ब्रान्डन म्याकमुलन १४ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
शनिबार, ०६ पुस २०८१, १३ : ४४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । १५ ओभरको अन्त्यमा टोलीले ३ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको छ ।
हरमित सिंह १४ रन बनाएर आउट भए भने ब्रान्डन म्याकमुलेन १४रन बनाएर खेलिरहेका छन् । यसअघि विनोद भण्डारीले ४१ रन बनाएर आउट भएका थिए भने सेफ अलि जेबले ६९ रन बनाए । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
शनिबार, ०६ पुस २०८१, १३ : ३५
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । हरमित सिंह १४ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले विकेट लिन सफल भए । १५ ओभरमा ३ विकेटको क्षतिमा १४३ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
शनिबार, ०६ पुस २०८१, १३ : ३१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । विनोद भण्डारी ४१ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका ललित राजवंशलीले विकेट लिन सफल भए । १२.२ ओभरमा २ विकेटको क्षतिमा ११७ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
शनिबार, ०६ पुस २०८१, १३ : २६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । सैफ अलि जेब ६९ रन बनाउँदै पभेलियन फर्किएका हुन् । जनकपुर बोल्ट्सका किशोर महतोले विकेट लिन सफल भए ।
१२ ओभरमा १ विकेटको क्षतिमा ११७ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
शनिबार, ०६ पुस २०८१, १३ : २०
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सको १ सय रन पूरा भएको छ । टोलीले १०.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा १०३ रन बनाएको हो ।
विनोद भण्डारीले ३७ रन बनाएर खेलिरहेका छन् भने सेफ अलि जेबले ५९ रन बनाएका छन् । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
शनिबार, ०६ पुस २०८१, १३ : १७
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । १० ओभरको अन्त्यमा टोलीले बिना कुनै विकेटको क्षतिमा ९७ रन बनाएको छ ।
विनोद भण्डारीले ३१ रन बनाएर खेलिरहेका छन् भने सेफ अलि जेबले ५९ रन बनाएका छन् । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
शनिबार, ०६ पुस २०८१, १३ : १३
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका सैफ अलि जेबले अर्धतशक पूरा गरेका छन् । उलने मात्र ३३ बलमा अर्धशतक बनाएका हुन् ।
उनले यसक्रममा ५ चौका र २ छक्का प्रहार गरेका छन् । टोलीले ९।२ ओभरमा बिना कुनै विकेट ८६ रन बनाएको छ ।
शनिबार, ०६ पुस २०८१, १२ : ५२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । पहिलो ६ ओभरको अन्त्यमा टोलीले बिना कुनै विकेटको क्षतिमा ४८ रन बनाएको छ ।
विनोद भण्डारीले २५ रन बनाएर खेलिरहेका छन् भने सेफ अलि जेबले १८ रन बनाएका छन् । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
शनिबार, ०६ पुस २०८१, १२ : ०८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपी)एल) अन्तरगत आज फाइनल खेल हुँदैछ ।
एनपीएलको पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगेका छन् । दुवै टिमले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एनपिएलमा सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेको छ भने जनकपुर बोल्ट्सले मधेस प्रदेशको प्रतिनिधित्व गरेको छ ।
शनिबार, ०६ पुस २०८१, १२ : ०२
काठमाडौँ । नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन् ।
टसका क्रममा बोल्दै ऐरीले पिच ब्याटिङका लागि राम्रो हुने अनुमान गरे । उनले १६० रनसम्म रन बनाउने आफूहरुको लक्ष्य रहेको पनि जानकारी दिए ।
शनिबार, ०६ पुस २०८१, १२ : ०२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को निर्धारित टिकट शुक्रबार नै बिक्री भइसकेको बताएका छन् ।
उनले टिकट तथा पासका लागि सयौँ कल प्राप्त भएपनि उपलब्ध गराउन नसक्ने अवस्था रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
‘हामीले पास तथा टिकटका लागि सयौं कलहरू प्राप्त गरेका छौं, तर टिकटहरू बिक्री भइसकेकाले नेपाल क्रिकेट संघ असुविधाको लागि क्षमा चाहन्छ’, उनले भनेका छन् ।
शनिबार, ०६ पुस २०८१, ११ : ५४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा केही व्यक्तिबाट विभेदकारी टिप्पणी भएको विषयमा आलोचना भएको छ । प्रतियोगिताको फाइनलअघि कतिपयले गैरजिम्मेवार ढङ्गले जातीय विभेद र नश्लीय टिप्पणीहरू गरेको पाइएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजेदेखि सुरु हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त हुनेछ । यी दुईमध्ये जसले खेल जितेपनि ऐतिहासिक उपाधि हुने छ ।
तर, खासगरी जनकपुर बोल्ट्सका समर्थकहरू र मधेसी समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा टिप्पणी भएपछि देश जोड्ने प्रतियोगितामा भएका अराजक हर्कतको विरोध भएको हो। क्रिकेटसम्बन्धी विभिन्न प्लेटफमका साथै एक्सन स्पोट्सको लाइभ स्ट्रिममा असभ्य टिप्पणी भएको पाइएको हो ।
शनिबार, ०६ पुस २०८१, ११ : ४४
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । खेल दिउँसो १२ः३० बजे सुरु हुने भए पनि कीर्तिपुर क्षेत्रमा बिहानैदेखि समर्थकहरूको भीड लागेको छ ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच हुने फाइनल खेल हेर्न समर्थकहरू बिहानदेखि मैदान परिसरमा भेला भएका छन् । फाइनल खेलको लागि निर्धारण गरिएको टिकट शुक्रबार नै बिक्री भइसकेको थियो ।
टिकेटको जिम्मेवारी पाएको खल्तीले सबै टिकट विक्री भइसकेको जानकारी दिँदै त्रिवि क्रिकेट मैदानमा फिजिकल पनि टिकट विक्री नहुने भएकाले सुरक्षाका लागि घरमै बसेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न अनुरोध गरेको थियो ।