महाबै– ३ का वडाध्यक्ष सिंहमाथि हातपात, टाउकोमा सात टाँका
शनिबार, ०६ पुस २०८१, १० : ४२

सुर्खेत । कालीकोटको महावै गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष पदम बहादुर सिंहमाथि हातपात भएको छ । आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासि मदिरा सेवन गरी ४ जनाको समूहले उनीमाथि हातपात गरेको हो ।
सो क्रममा टाउकोमा धारिलो हतियार प्रयोग गरेको पाइएकोले ज्यान मार्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने भन्दै महावै गाउँपालिकाले एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ ।
महावै गाउँपालिका वडा नं३ राता टोलमै बस्ने जीवन सिंह, तारा सिंह, टोप सिंह र घमन्ड शाहीको समूहले अध्यक्षमाथि हातपात र कुटपिट गरेर भागेका थिए ।
वडाध्यक्ष सिंहको टाउकोमा ७ वटा टाँका लगाई थप उपचारको लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म