मादी–मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरु
तनहुँ । मादी–मस्र्याङदी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो । बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले रू २४ करोड ५५ लाख नौ हजार पाँच सय ४८ मा ठेक्का सम्झौता गरेको थियो ।
उक्त निर्माण कम्पनीले ०८१ असार ३० मा सम्पन्न गर्नेगरी ०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । उक्त करिडोरमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सम्पर्कमा आई तुरुन्त काम गर्नु नत्र ठेक्का तोड्नेसम्मको पत्राचार गरेपछि ‘कन्ट्याक्टर’ले बिर्ता सडकखण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ । ‘टायल सेक्सन’ गर्दा नबसेपछि कलेस्ती–गजौड सडकखण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ”, कार्कीले भने, “अहिले टुहुरेपसल क्षेत्रमा संरचनाको कार्य भइरहेको छ ।”
मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती–गजौड सडकखण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ । उक्त करिडोरअन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडा जोडिने छ ।
निर्माण कम्पनीको लापरबाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहँदा आमनागरिकले समस्या भोग्नुपरेको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
सुगुरेभञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरेभञ्ज्याङदेखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र मान्केहटियासम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको उनले बताए । मादी–मर्स्याङ्दी करिडोरअन्तर्गत पाँचसयफाँट–टुहुरेपसल खण्डका विभिन्न खोलामा निर्माणाधीन कल्र्भटमा प्रयोग गरिएको फलमका रडमा खिया लागेर नोक्सान भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका सबै नेताको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? (पूर्णपाठसहित)
-
जाडोमा यसरी गरौँ छालाको स्याहार
-
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण : केन्द्रीय बैङ्क
-
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
-
पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिए
-
जनकपुर बोल्ट्सको जितको कामना गर्दै गरियो पूजापाठ