शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

भारतीय लोकसभामा बंगलादेशी हिन्दुहरूमाथि भएको हिंसाबारे चर्चा

शनिबार, ०६ पुस २०८१, ०९ : ३०
शनिबार, ०६ पुस २०८१

नयाँ दिल्ली । भारतका विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले बंगलादेशी हिन्दुहरूमाथि भएको हिंसाबारे लोकसभामा सोधिएको प्रश्नको जवाफ दिएका छन्।

विदेश राज्यमन्त्री सिंहले लोकसभामा २०२२, २०२३ र २०२४ को तथ्याङ्क प्रस्तुत गरेर सोधिएको प्रश्नको जवाफ दिएका हुन् ।

अल्पसङ्ख्यक र मानव अधिकार संगठनहरूको तथ्याङ्क अनुसार बंगलादेशमा डिसेम्बर २०२४ सम्म हिन्दु र अन्य अल्पसङ्ख्यकहरू विरुद्ध २२०० हिंसाका घटनाहरू रिपोर्ट गरिएको विदेश राज्यमन्त्रीले जानकारी दिए। सन् २०२४ मा पाकिस्तानमा हिन्दु र अन्य अल्पसङ्ख्यकहरू विरुद्ध हिंसाका ११२ घटनाहरू रिपोर्ट गरिएका छन्।

सन् २०२३ मा बंगलादेशमा ३०२ र पाकिस्तानमा १०३ मामिलाहरू रिपोर्ट गरिएका थिए। त्यस्तै सन् २०२२ मा बंगलादेशमा ४७ र पाकिस्तानमा २४१ मामिलाहरू रिपोर्ट गरिएको थियो।

सिंहले सरकारले यी विषयलाई गम्भीरताका साथ हेरिरहेको र बंगलादेश सरकारसमक्ष आफ्नो चिन्ता व्यक्त गरेको बताएका छन् । बंगलादेश सरकारले हिन्दु र अन्य अल्पसङ्ख्यकहरूको कल्याण र सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने भारतको अपेक्षा छ। 

डिसेम्बर ९, २०२४ मा भारतीय विदेश सचिवको बंगलादेश भ्रमणको क्रममा यो मुद्दा उठाइएको उनको भनाई थियो।

467474527_462958983515399_3633488941650820366_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप