काठमाडौँ महानगरद्वारा ४३ वटा पूर्वाधार योजना सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ । पाँच महिनामा ३७.३० किलोमिटर सडक कालोपत्र भएको छ ।
नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत आठ दशमलव ४० किमी, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १० दशमलव २० किमी, धुलोरहित सडक कार्यक्रमअन्तर्गत नौ दशमलव ४० किमी र क्रमागतकार्यक्रमअन्तर्गत नौ दशमलव ३० किमी सडक निर्माण भएको हो ।
कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराएका हुन् । सडक कालोपत्रसँगै पाँच दशमलव ८० किमी सडक ढलान गरिएको उनले बताए ।
एक दशमलव १६ किमी ढल राख्ने, छ दशमलव ४७ किमी सडकमा ब्लक छाप्ने र दुई हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको शाक्यले जानकारी दिए । यस अवधिमा करिब रु ८८ करोडको काम सम्पन्न भएको भन्दै रु ५० करोड भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ ।
समितिको बैठकमा छ वटा विभागका प्रमुखहरूले विषयगत समितिका संयोजकहरूको रोहवरमा अहिलेसम्मको प्रगति पेस गर्दै चालु आर्थिक वर्षको बाँकी समयमा कार्यान्वयनमा लैजान नसकिने कार्यक्रम र यसको सट्टा सञ्चालन गर्न सकिने प्रस्तावित कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
अहिलेसम्ममा ६ वटा विभागको प्रस्तुतीकरण सकिएको छ । आज सूचना प्रविधि, सार्वजनिक निर्माण, शिक्षा, पार्क तथा हरियाली प्रवद्र्धन आयोजना र विपद् व्यवस्थापन विभागको प्रस्तुतीकरण भएको थियो ।
उपप्रमुख डङ्गोलले नतिजा बढाउन विभागले तर्जुमा गरेका आन्तरिक योजनाका विषयमा जानकारी मागेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विषयगत समितिका संयोजकहरुबाट प्राप्त भएका नीतिगत र कार्यक्रमसम्बन्धी सुझावलाई कार्यान्वयनमा लैजाने बताए ।
क्रमागत योजनाको निरन्तरता, नयाँ योजनाको स्थान, क्रमागत योजनाले नयाँ योजनालाई पार्न सक्ने प्रभावलाई विभागहरूले अभिलेखन र मापन गर्नुपर्ने, केन्द्रबाट सञ्चालन हुने कार्यक्रम तथा योजनामा वडासँग समन्वय हुनुपर्नेमा उनीहरूको जोड छ ।
परामर्श सेवाबाट प्राप्त नतिजा मापन गर्नुपर्ने, श्रम बैङ्क र जनशक्ति परिचालनको व्यवस्थापनलाई नतिजासँग जोड्नुपर्ने, कार्यान्वयन आएका हरेक कार्यक्रमलाई नतिजासँग जोड्नुपर्नेमा जोड दिइएको हो ।
महानगरपालिकामा १६ (एउटा आयोजनासहित) विभाग, ३१ महाशाखा, ५५ शाखा, चारवटा सचिवालय छन् । नगरसभा, नगर कार्यपालिका, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विभागको सङ्गठन संरचना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस