झापा कप : चर्च ब्वाइज क्लब फाइनलमा
शुक्रबार, ०५ पुस २०८१, १९ : ५२

झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता प्रारम्भ भएको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको गोलले चर्च ब्वाइजका लागि गोल गरेका हुन् । चर्च ब्वाइजले खेल अवधिभर सहलेशको कडा दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च गोल गर्न सफल भएको हो ।
प्रतियोगितामा ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड घोषित भएर नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । शनिबार सेमिफाइनल खेल सुनसरीको राष्ट्रिय जागृति क्लब र काठमाडौँको एनआरटी क्लबबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्