बिजनेस अनलाइन सर्भिसलाई कर्णालीको स्टार्टअपको मान्यता
शुक्रबार, ०५ पुस २०८१, १८ : २३
सुर्खेत । कर्णाली प्रदेशको बिजनेस अनलाइन सर्भिस प्रालिलाई आइसिटी अवार्ड २०२४ द्वारा कर्णाली प्रदेशको स्टार्टअपको रूपमा मान्यता प्रदान गरिएको छ ।
यो सम्मान हयात रीजेन्सी काठमाडौँमा आयोजित पुरस्कार समारोहमा प्रदान गरिएको हो ।
कम्पनीले कर्णाली प्रदेशमा प्रदेश सरकार, स्थानीय सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्दै सूचना प्रविधिको प्रभावकारी उपयोगबाट सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउँदै आएको छ ।
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक पवन पौडेलले भने,'यस मान्यता प्राप्त गरेर हामीलाई राष्ट्रिय स्तरमा नेटवर्किङको अवसर प्राप्त भएको छ । कर्णाली प्रदेशमा कार्यरत रहँदै पनि हामी उच्चस्तरीय कार्य निष्पादन गर्न सक्षम छौँ । यस मान्यताका लागि हामी आभारी छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु