वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरणमा दूतावासको बदमासी

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ल्याइएका मागपत्र प्रमाणीकरणमा दूतावासले बदमासी गरेको आरोप लागेको छ । संयुक्त अरब ईमिरेट्स (युएई) स्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा बदमासी गरेको आरोप लागेको हो ।
सिनामंगलमा रहेको आकृति रिक्युटिङ प्रालीले डिमान्ड एप्रुभ गर्ने क्रममा आफूमाथि अन्याय गरेको आरोप लगाएको हो । संस्थाका सञ्चालक कुन्छा दोर्जे डिम्दोङले आफू अन्यायमा परेको भन्दै दूतावास र वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।
दुबईको रसल खोरस्थित डीसीसी कम्पनीले आकृति लगायत केही म्यानपावर कम्पनीमार्फत कामदार माग गरेको थियो । १५० जना कामदार माग आएकोमा आफ्नो कम्पनीभन्दा पछि आएकाहरूले डिमान्ड एप्रुभ भएको अध्यक्ष डिमदोङले बताए । आफ्नो मागपत्रहरू भने दूतावासले रिजेक्ट गर्दै आएको उनको आरोप छ ।
आकृतिको तर्फबाट पेस भएको मागपत्र प्रमाणीकरण रिजेक्ट गरेर त्यसपछि पेस भएका कम्पनीको मागपत्र भने दूतावासले प्रमाणीकरण गरेको उनको आरोप छ । यसमा राजदूतावासको गलत नियत देखिएको डिमदोङले बताए ।
राजदूतावासबाट विभेद गरिएको भन्दै यस विषयमा आवश्यक छानबिन थालेको जनाएको छ । कम्पनीको तर्फबाट निवेदन आएपछि विभागले सत्यतथ्य बुझ्ने काम भइरहेको जनाएको छ ।
मागपत्र प्रमाणीकरणका सन्दर्भमा थुप्रै व्यवसायीहरू यस्तो खाले समस्यामा पर्ने गरेका छन् । सम्पूर्ण प्रक्रिया पुरा गरेर वा आवश्यक कागजात पेस गरे पनि दूतावासबाट मागपत्र प्रमाणीकरण नहुने समस्या व्यवसायीहरूले खेप्दै आएका हुन् ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव समेत रहेका डिम्दोङले अन्य व्यवसायीले यस्तो खाले समस्या भोग्न नपरोस् भनेर उजुरी दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा