राप्रपाले पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउने
शुक्रबार, ०५ पुस २०८१, १६ : ५९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउने भएको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
केन्द्रीयरुपमा जलपान समारोहका साथ भृकुटीमण्डपमा चियापन कार्यक्रम गर्ने र ७७ वटै जिल्लास्तरमा पनि पार्टीले कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने तय भएको श्रेष्ठको भनाइ छ । पृथ्वीजयन्तीलाई भव्यताका साथ मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।
उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल नसकिएकाले शनिबार पनि बैठक बस्ने श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै