सूर्यदर्शन सहकारी ठगी : पूरक अभियोगपत्र अदालतमा दर्ता, डेढ अर्ब बिगो दाबी

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ । कास्की जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कार्यालयले १९ जनाको अभियोगपत्र दर्ता गरेको हो ।
कास्की प्रहरीले गरेको अनुसन्धान रिपोर्टका आधारमा उनीहरूलाई अभियोगपत्र दर्ता गरिएको अदालतका निमित्त श्रेष्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए ।
पूरक अभियोग दर्ता हुनेमा जीबी राईसहितका पदाधिकारीहरू छन् । तीमध्ये १६ जनालाई सहकारी दफा मात्रै थप भएको छ भने बाँकी २ जनालाई संगठित अपराध र जीबी राईलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक कसुर थपिएको उनले सुनाए । प्रहरीले ५१ जनालाई प्रतिवादी बनाएको छ । बाँकी नयाँ प्रतिवादीहरूको अभियोगपत्र आइतबार मात्रै दर्ता हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका व्यक्तिहरूको आइतबार दर्ता हुने अदालतको भनाई छ ।
१९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास