नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई आग्रह गरेकी छन् । शुक्रबारदेखि ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) पछि कुरा गर्दै उनले नेपालको ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरूलाई आह्वान गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरिन् । उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् । उनले नेपाल र भारतबिचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गरिन् ।
परराष्ट्रमन्त्री राणाले नेपालका लागि भारत धेरै नै महत्त्वपूर्ण रहेको भन्दै नेपाल र भारतबिच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताइन् । उनले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबिच धेरै ठुलो सम्बन्ध रही आएको बताइन् ।
उनले भनिन्, ‘नेपाल र भारतबिचको सम्बन्ध धेरै राम्रो छ । नेपालका लागि भारत धेरै नै महत्त्वपूर्ण छ । नेपाल र भारतबिचको सम्बन्ध धेरै नै पुरानो हो । सामाजिक संस्कार, संस्कृतिले मात्रै होइन, व्यापार, व्यवसायमा पनि नेपाल र भारतबिच धेरै ठुलो सम्बन्ध छ । नेपाल र भारतबिच नागरिक नागरिकबिचको सम्बन्ध पनि धेरै नै महत्त्वपूर्ण छ ।’
परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबिच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट
-
चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति
-
दलहरूको स्वार्थले बन्धक बन्यो बागमती प्रदेशसभा
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का