पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ बनाउँदा एक जनाको मृत्यु, २ जना घाइते
शुक्रबार, ०५ पुस २०८१, १६ : ३४
![पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ बनाउँदा एक जनाको मृत्यु, २ जना घाइते](https://rpcdn.ratopati.com/media/albums/palpa_X8JOGNuxc8.jpg)
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ बुढा चटकमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस्तै शुक्रबार उक्त पदार्थ बनाउने क्रममा विस्फोटबाट दुई जना घाइते भएका छन् ।
सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट हुन सोही ठाउँका २८ वर्षका सुरज सोमैको मृत्यु भएको हो । घटनामा रुपन्देही तिलोत्तमा नगरपालिका ४ डिङ्गानगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमैको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ । अन्य दुई जनाको बुटवलमा उपचार भइरहेको पाल्पाका डीएसपी सुनिल मल्लले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने