पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ बनाउँदा एक जनाको मृत्यु, २ जना घाइते
शुक्रबार, ०५ पुस २०८१, १६ : ३४

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ बुढा चटकमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस्तै शुक्रबार उक्त पदार्थ बनाउने क्रममा विस्फोटबाट दुई जना घाइते भएका छन् ।
सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट हुन सोही ठाउँका २८ वर्षका सुरज सोमैको मृत्यु भएको हो । घटनामा रुपन्देही तिलोत्तमा नगरपालिका ४ डिङ्गानगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमैको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ । अन्य दुई जनाको बुटवलमा उपचार भइरहेको पाल्पाका डीएसपी सुनिल मल्लले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्