लक्ष्मी ग्रुपको ५१औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम

काठमाडौँ । लक्ष्मी ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रवार आफ्नो ५१ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।
ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चाल गरेको छ । जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।
लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको छ ।
सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रुपमा मिठाइ उत्पादनबाट व्यवसाय शुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेसलगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधारभूत सहकारीको साढे १४ करोड हिनामिना, अध्यक्षसहित ९ जना अझै फरार
-
कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा जोड
-
पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त
-
शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीकाे नियन्त्रणमा
-
सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे
-
कर नबुझाउने १२२ करदातामाथि कारबाही